Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैते दशैं आज: नवदुर्गा भगवतीको पूजा–आराधनासहित देशभर श्रद्धा र भक्तिभाव


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १२ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैं पर्व आज देशभर नवदुर्गा भगवतीको पूजा–आराधना गर्दै श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ । यस पर्वलाई चैत्र नवरात्रको महत्वपूर्ण दिनका रूपमा लिइन्छ, जहाँ शक्ति स्वरूपा देवीको उपासना गरी सुख, शान्ति र समृद्धिको कामना गरिन्छ ।

धार्मिक मान्यताअनुसार वर्षमा चार नवरात्र पर्ने भए पनि असोज शुक्ल पक्षको नवरात्र सबैभन्दा बढी प्रचलित छ, जसलाई बडादशैंका रूपमा मनाइन्छ । सो समयमा घटस्थापना गरी जमरा राख्ने र दशमीका दिन मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने परम्परा रहन्छ । तर आसाढ र पुस महिनामा पर्ने नवरात्र कम प्रचलनमा छन्, यद्यपि केही साधकहरूले ती अवधिमा पनि देवीको आराधना गर्ने गर्छन् ।

चैते दशैंमा भने बडादशैंजस्तो व्यापक रूपमा टीका–जमरा लगाउने परम्परा सबै घरपरिवारमा पाइँदैन । तर हनुमानढोका दरबार को दशैंघरमा विधिवत् घटस्थापना गरी अष्टमीका दिन विशेष पूजा तथा बलि दिने चलन कायमै छ । यस पर्वमा अष्टमी र नवमीलाई विशेष महत्व दिइन्छ ।

अष्टमीलाई चैते दशैंका रूपमा मनाइन्छ भने नवमीलाई भगवान श्रीराम को जन्मदिनका रूपमा रामनवमी मनाउने गरिन्छ । धार्मिक विश्वासअनुसार त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याका ज्येष्ठ पुत्रका रूपमा श्रीरामको जन्म नवमीकै दिन भएको मानिन्छ ।

चैते दशैंको पूजा–उपासनाको उद्देश्य पनि बडादशैंजस्तै लोकमा सुख, शान्ति र समृद्धि प्राप्त गर्नु र परलोकमा सद्गति प्राप्त होस् भन्ने कामना गर्नु हो । यस अवसरमा परिवारका सदस्यहरूबीच भेटघाट तथा जमघट हुने परम्परा पनि रहेको छ ।

काठमाडौं उपत्यकाभित्रका प्रमुख शक्तिपीठहरू जस्तै गुह्येश्वरी मन्दिर, मैतीदेवी मन्दिर, भद्रकाली मन्दिर, कालिकास्थान, शोभा भगवती मन्दिर लगायतका स्थानमा आज विशेष पूजा भइरहेको छ, जहाँ भक्तजनहरूको ठूलो भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका मनकामना मन्दिर, पालाञ्चोक भगवती मन्दिर, चण्डेश्वरी मन्दिर, शैलेश्वरी मन्दिर लगायतका शक्तिपीठहरूमा पनि भक्तजनहरूको घुइँचो लागेको छ ।

धार्मिक विश्वासअनुसार चैत्र नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा–आराधना तथा दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४