Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्डको पार्टी पुनर्गठन: ‘घण्टीतिर गएकोलाई आँखा चिम्लेर कारबाही’ सुरु हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 836
    SHARES

काठमाडौं । प्रचण्ड ले नेपाली कम्युनिस्ट पार्टीको आगामी पार्टी पुनर्गठन यहीँबाट सुरु हुने बताएका छन्। प्रतिनिधि सभा निर्वाचनमा कम सिट जित्नुपछि पार्टीभित्र भएका कमजोरी र असंगठित गतिविधिहरूको समीक्षा गर्न उनले केन्द्रीय सदस्यहरूबाटै सुरुवात गर्ने तयारी गरेको बताएका छन्।

प्रचण्डले बैठकमा भनेका छन्, “केन्द्रीय सदस्यहरू नै घण्टीतिर गए भन्ने ‘जेनरल’ रिपोर्ट आएको छ। हामीले भनेका छौँ, ठोस प्रमाण ल्याउनुहोस्— को-को आफ्नो क्षेत्रमा गएनन्? को-को घण्टीतिर गएको देखियो? तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौँ। अहिले पार्टी पुनर्गठन यहीँबाट सुरु हुने हो। नयाँ पार्टी बनाउने क्रम पनि यहीँबाट सुरु हुने हो।”

जेनजी आन्दोलनपछि माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दुई दर्जन बढी कम्युनिस्ट घटक एकता गरी नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। तर, हालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी केवल ८ सिटमा सीमित रह्यो। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भए भने सहसंयोजक माधव कुमार नेपाल गृहजिल्ला रौतहटमै पराजित भए।

उनले पार्टीको भित्री समीक्षा गर्न कमिटीहरूलाई निर्देश दिएका छन्। विचार, राजनीति र सङ्गठनलाई पहिलो प्राथमिकतामा राखेर चुस्त-दुरुस्त कमिटी बनाउनुपर्ने जोड दिएका छन्। प्रचण्डले भने, “कमिटीहरू चुस्त-दुरुस्त हुनुपर्छ। विचार र राजनीतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ भने दोस्रो कुरा सङ्गठन हो। त्यसैले निर्वाचित कमिटी बनाउने काम नगरी नहुने भएको छ।”

उनले राजनीतिक र वैचारिक रूपमा पार्टीले जितेकै हो भन्नेमा विश्वास व्यक्त गर्दै, पार्टीको झन्डा दह्रोसँग उठाइरहेको र नेपाली कम्युनिस्ट पार्टी नै देशको नेतृत्व हो भन्ने धारणा राखेका छन्।

प्रचण्डको भनाइ अनुसार, पार्टी पुनर्गठन मार्फत पार्टीका असंगठित सदस्यहरूलाई कारबाही गर्ने, भोट नहाल्ने वा घण्टीतिर जाने गतिविधि नियन्त्रण गर्ने र पार्टीको संगठनात्मक मजबुती सुनिश्चित गर्ने काम अगाडि बढाइनेछ।

यस क्रममा विचार, राजनीति र जनयुद्धको अनुभवलाई प्राथमिकता दिँदै संगठनलाई मजबुत बनाउनेमा जोड दिइएको छ। प्रचण्डले भने, “विकास, पैसा, प्रचार सहायक हुन्, मुख्य कुरा विचार, राजनीति र सङ्घर्ष हो। अहिले हामी सङ्घर्षमा पछि पर्‍यौँ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४