Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय समिति बैठक आज: गगन थापा को राजीनामामा निर्णायक छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 931
    SHARES

काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ। ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, आगामी महाधिवेशनको रणनीति तथा सभापति गगन थापा को राजीनामाबारे निर्णय हुने अपेक्षा गरिएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आह्वान गरिएको छ। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कमजोर नतिजा आएपछि त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए।

पार्टी विधानअनुसार सभापतिले राजीनामा उपसभापतिलाई बुझाउने र उपसभापतिले त्यसलाई केन्द्रीय कार्यसमितिमा पेस गर्ने व्यवस्था रहेको छ। महामन्त्री प्रदीप पौडेल का अनुसार बैठकको सुरुवातमै थापाको राजीनामा पत्रमाथि छलफल हुनेछ।

सभापति थापाले आफ्नो राजीनामालाई ‘पराजित मानसिकता’ नभई ‘जिम्मेवारीबोधको अभिव्यक्ति’ बताएका छन्। उनले पदबाट अलग भए पनि पार्टी सुधार र पुनर्निर्माणमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।

तर पार्टीभित्र यस विषयमा मत विभाजन देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले नैतिकताको आधारमा राजीनामा स्वीकार गर्नुपर्ने बताइरहेका छन् भने संस्थापन इतर समूह र धेरै केन्द्रीय सदस्यहरू भने थापाको राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा देखिएका छन्।

उपसभापति विश्वप्रकाश शर्मा ले भने थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन्। ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष दिनु न्यायोचित हुँदैन’ भन्दै उनले थापालाई नेतृत्वमै राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

बैठकमा चुनावी समीक्षा र सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव एकैसाथ लैजाने तयारी भइरहेको छ। महामन्त्री प्रदीप पौडेल ले विशेष महाधिवेशनले दिएको जिम्मेवारी पूरा नगरी सभापति पद त्याग्न नहुने बताएका छन्।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग गरी गगन थापा को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो। ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ र ‘अबकी बार सय पार’ नारासहित निर्वाचनमा होमिएको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको थियो।

कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र नेतृत्वबारेको निर्णयले आगामी राजनीतिक दिशामा ठूलो प्रभाव पार्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४