Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ र ग्यासको विवेकपूर्ण प्रयोगको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २८ २०८२
  • 1.5K
    SHARES

काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थ र ग्यासको आवश्यक परिमाणमा मात्र खरिद र प्रयोग गर्न सबै नागरिक तथा व्यवसायीक क्षेत्रलाई अनुरोध गरेको छ।

निगमले आज जारी गरेको विज्ञप्तिमा मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अतिरिक्त सिलिन्डर राख्न नहुने, अनावश्यक भण्डारण नगर्ने र ग्यासको सट्टा सम्भव भएसम्म बिजुलीको प्रयोग बढाउने सुझाब दिइएको छ।

नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा निर्भर रहेको भएकाले यसको सुरक्षित व्यवस्थापन र विवेकपूर्ण प्रयोग आवश्यक रहेको निगमले स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ, बढी मूल्य लिइ बिक्री वा नयाँ सिलिन्डरको बजारमा अवैध वितरण भएमा सम्बन्धित कानुनी कारबाही हुनेछ।”

निगमले औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ र ग्यासको खपत कम गर्न, आयात–बिक्री वितरणको अवस्था नियमित भइरहेको भए पनि, मध्यपूर्वमा देखिएको परिस्थितिले विश्व बजारमा पर्ने असरका कारण नेपाल पनि प्रत्यक्ष असरमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक मात्रामा इन्धन र ग्यास प्रयोग गर्न आग्रह गरेको छ।

यस सन्दर्भमा निगमले सर्वसाधारण र व्यवसायीक क्षेत्रलाई संयमित व्यवहार अपनाउन र अनावश्यक भण्डारणबाट बच्न पुनः अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४