Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 912
    SHARES

काठमाडौं । कैलालीको भजनीमा एक महिलाको हत्यामा उनकै श्रीमान्‌को संलग्नता रहेको पुष्टि भएको छ । भजनी नगरपालिका-९ खुरुरियामा गत मंगलबार मृत अवस्थामा फेला परेकी ५० वर्षीया मानादेवी चौधरीको हत्या आफ्नै श्रीमान् ५५ वर्षीय प्रेमलाल चौधरीले गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।

होली पर्वका दिन बिहान घर नजिकैको बाख्राको गोठमा मानादेवीको शव रक्ताम्मे र चोटपटक लागेको अवस्थामा भेटिएको थियो । सुरुमा शङ्कास्पद मृत्यु भनिएको उक्त घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमान् प्रेमलालले नै हत्या गरेको तथ्य फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार घरायसी विवादका क्रममा आवेशमा आएर प्रेमलालले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पारिवारिक मनमुटाव र आपसी झगडाका क्रममा प्रेमलालले श्रीमतीमाथि आक्रमण गरेको र सोही चोटका कारण उनको मृत्यु भएको देखिएको छ,’ डीएसपी तिमिल्सिनाले भने, ‘अभियुक्तले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।’

घटनापछि मृतकका २८ वर्षीय छोरा मगरु चौधरीले आफ्नै बुबाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएका छन् । प्रहरीले प्रेमलाललाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले घटनाको थप प्राविधिक पक्ष र प्रमाणहरूको सङ्कलन गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४