Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा रास्वपाका उम्मेदवार भन्दा पनि दललाई बढी मत प्राप्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २५ २०८२
  • 1.9K
    SHARES

काठमाडाैं । कास्कीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ विजयी एवम् समानुपातिकतर्फ पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भन्दा दललाई बढी प्राप्त भएको छ ।

कास्कीका तीन वटै क्षेत्रमा यो दलका प्रत्यक्षतर्फका उम्मेदवारले पाएको मत एक लाख नौ हजार ५ सय ४४ मत रहेकामा समानुपातिकतर्फ भने दलले एक लाख १३ हजार ६ सय २८ मत प्राप्त गरेको हाे । दलका उम्मेदवार भन्दा दलले जिल्लामा चार हजार ८४ मत बढी पाएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेमा भने दलले भन्दा उम्मेदवारले पाएको मत बढी छ ।

कांग्रेसले समानुपातिकतर्फ दलले २८ हजार ६ सय ५६ मत पाएकोमा उम्मेदवारले पाएको मत ३० हजार ४ सय ९४ मत रहेका हाे। नेकपा एमालेले समानुपातिकतर्फ दलले पाएको मत २४ हजार १ सय ९९ रहेकोमा प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत २५ हजार ८ सय २८ रहेकाे छ। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीमा उम्मेदवारले भन्दा दलले बढी मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत चार हजार २७ रहँदा समानुपातिकतर्फ दलले पाएको मत ६ हजार ४ सय ६६ रहेको हाे ।

नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारले पाएको मत पाँच हजार २ सय ११ हुँदा समानुपातिकतर्फ दलले पाएको मत पाँच हजार ७ सय ६३ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४