Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण, नेपालबाट करिब एक घण्टा देखिने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १९ २०८२
  • 969
    SHARES

काठमाडौं । फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले करिब आधा भाग ढाकिने खण्डग्रास चन्द्रग्रहण लाग्ने जनाएको हो । समितिका अध्यक्ष शम्भुप्रसाद ढकाल का अनुसार चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदयपछि भने खण्डग्रासका रूपमा देखिनेछ ।

मंगलबार साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै ग्रस्तोदित अवस्थामै चन्द्रमा उदाउनेछ भने बेलुका ७ बजेर ४ मिनेटमा ग्रहण समाप्त हुनेछ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिने जनाइएको छ ।

खगोलविद्का अनुसार चन्द्रग्रहण हेर्न विशेष उपकरण आवश्यक पर्दैन र यसले आँखालाई असर गर्दैन । खुला स्थानबाट नाङ्गो आँखाले पनि अवलोकन गर्न सकिन्छ । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो ।

चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्दछ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायतका कर्म गर्ने शास्त्रीय परम्परा छ । मंगलबार बिहान ९ बजेदेखि बेलुका ७ बजेर ४ मिनेटसम्म भोजन नगर्नु पर्ने मान्यता भए पनि बालबालिका, रोगी, अशक्त तथा वृद्धवृद्धाका लागि यो नियम अनिवार्य छैन ।

यसपछि २०८४ सालमा खण्डग्रास सूर्यग्रहण देखिने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४