Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुस्ताङमा निर्वाचनमा खटिएका कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १८ २०८२
  • 2.4K
    SHARES

काठमाडौं — प्रतिनिधिसभा निर्वाचनका लागि खटिएका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।

थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मुस्ताङ भन्सार कार्यालयका ३२ वर्षीय सुनिल घतानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार आइतबार राति करिब ८ बजे दुर्घटनामा गम्भीर घाइते भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि घतानेको शव मुस्ताङ अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घताने प्रतिनिधिसभा निर्वाचनका लागि बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ झोङमा खटिएका थिए। उनी जनप्रिय आधारभूत विद्यालय, झोङ मतदान केन्द्रमा कार्यरत रहेको बताइएको छ।

निर्वाचनको संवेदनशील समयमा खटिएका कर्मचारीको आकस्मिक निधनपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाइसकेको जनाएको छ। निर्वाचनको पूर्वसन्ध्यामा भएको यस घटनाले मुस्ताङमा शोकको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४