Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १७ २०८२
  • 2.4K
    SHARES

एजेन्सी । अली खामेनी को मृत्यु भएको पुष्टि भएको छ ।

इरानको सरकारी टेलिभिजनले खामेनीको निधन औपचारिक रूपमा पुष्टि गरेको हो । केही समयअघि राज्य नियन्त्रित प्रसारण माध्यममार्फत उनी अब यस संसारमा नरहेको समाचार सार्वजनिक गरिएको थियो । यसअघि डोनाल्ड ट्रम्प ले पनि खामेनीको मृत्यु भएको दाबी गरेका थिए ।

अमेरिका र इजरायल ले संयुक्त रूपमा शनिबार इरान माथि आक्रमण गरेका थिए । सोही आक्रमणका क्रममा खामेनीको निवाससमेत प्रभावित भएको र त्यही क्रममा उनको निधन भएको जनाइएको छ ।

सन् १९८९ देखि इरानको सर्वोच्च नेतृत्व सम्हाल्दै आएका खामेनी देशका सबैभन्दा प्रभावशाली नेता मानिन्थे । उनी इरानको इतिहासमा मोहम्मद रजा पहलवी पछि सबैभन्दा लामो समय शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समय पदमा रहने राष्ट्रप्रमुखमध्ये एक थिए ।

खामेनी, इरानका आध्यात्मिक तथा राजनीतिक नेता रुहोल्लाह खुमेनी का निकट सहयोगी थिए । सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । शाह शासनको विरोधका क्रममा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए ।

सर्वोच्च नेता बन्नुअघि खामेनी इरानका तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत थिए । इरान–इराक युद्धका बेला उनले देशको नेतृत्व गरेका थिए । सोही अवधिमा इरानी सैन्य दस्ता ‘इस्लामिक रिभोलुसनरी गार्ड’सँग उनको सम्बन्ध बलियो बनेको थियो । उनलाई कट्टरपन्थी तथा कडा धारका नेताका रूपमा चिनिँदै आएको थियो ।

सरकारी टेलिभिजनका प्रस्तोताले रोइरहेको अवस्थामै खामेनीको निधनको घोषणा गर्दै देशभर ४० दिन शोक मनाइने जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४