Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगद्वारा उम्मेदवार र परिवारको बैंक खातामा निगरानी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 3.1K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निगरानी सुरु गरेको छ।

निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्न भन्दै आयोगले राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि अधिकांश उम्मेदवारले बैंकिङ कारोबार बाहिरबाट खर्च गरेको पाइएको जनाएको छ। त्यसपछि आयोगले परिवारसहितको बैंक खाताको कारोबारमा निगरानी बढाएको हो।

चुनावी खर्च पारदर्शी बनाउन आयोगले आचारसंहितामै बैंक खातामार्फत मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो। तर उक्त प्रावधानको पालना नभएपछि प्रचारप्रसार अवधिमा उम्मेदवार र उनका परिवारका सदस्यहरूको बैंक खाताको कारोबार अनुगमनमा राखिएको आयोगले जनाएको छ।

शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई आचारसंहिता उल्लंघनको आधारमा प्रचलित कानुनअनुसार कारबाही गरिने बताए।

उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको पनि उनले जानकारी दिए।

आयुक्त जबराले आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४