Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीका ५९ मतदान स्थल अति संवेदनशील, सीमा नाकामा कडाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ११ २०८२
  • 4.5K
    SHARES

काठमाडौं । सुनसरी जिल्लाका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन् । अधिकांश भारतसँग सीमा जोडिएका स्थानीय तहका मतदान स्थललाई सुरक्षाको दृष्टिले उच्च जोखिमयुक्त मानिएको हो ।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई अति संवेदनशील क्षेत्रको रूपमा वर्गीकृत गरिएको छ । यी पालिकाका सबै मतदान स्थललाई उच्च सुरक्षा निगरानीमा राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरी ले जनाएको छ ।

दक्षिणी सीमावर्ती भेगका अतिरिक्त दुहबी नगरपालिका का ६ वटा मतदान स्थल, गढी गाउँपालिकाका ३ वटा, इनरुवा–९ का ४ वटा मतदान स्थल तथा धरान–५ स्थित हिमाली मावि देउराली मतदान स्थलसमेत अति संवेदनशील सूचीमा राखिएका छन् ।

प्रशासनले विशेषगरी दक्षिणी खुला नाकालाई मुख्य सुरक्षात्मक चुनौतीका रूपमा लिएको छ । सोहीअनुसार भारतीय समकक्षीसँग समन्वय गर्दै सीमा क्षेत्रमा कडाइ सुरु गरिएको जनाएको छ । नाकाबाट हुने आवतजावतलाई लक्षित गरी दुईतर्फी चेकजाँच बढाइएको छ भने शंकास्पद गतिविधि नियन्त्रणका लागि सर्तकर्ता उच्च पारिएको प्रशासनको भनाइ छ ।

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन धार्मिक सद्भाव कायम राख्ने, अवाञ्छित गतिविधि हुन नदिने र आचारसंहिता कार्यान्वयनमा कडाइ गर्ने रणनीति अवलम्बन गरिएको छ । सम्भावित राजनीतिक तिक्ततालाई मध्यनजर गर्दै सर्वपक्षीय तथा सर्वदलीय बैठकहरू निरन्तर आयोजना भइरहेको जनाइएको छ ।

सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा निर्वाचन ड्युटीमा खटिएका सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि १६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् । जिल्ला निर्वाचन कार्यालय सुनसरी का अनुसार जिल्लामा कुल ५ लाख ८० हजार ९ सय ४५ मतदाता मताधिकार प्रयोगका लागि योग्य रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४