Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनप्रतिनिधिले दल–उम्मेदवारको प्रचार गर्न नपाउने : निर्वाचन आयोग


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ११ २०८२
  • 2.7K
    SHARES

काठमाडाैं । निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुमन घिमिरेले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्षमा निर्वाचन प्रचारप्रसार गर्न नपाउने स्पष्ट पार्नुभएको छ।

केही स्थानीय तहका जनप्रतिनिधिहरू दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको उल्लेख गर्दै उहाँले यस्तो कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको बताउनुभयो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रभित्र कुनैपनि दल वा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था रहेको जानकारी दिनुभयो।

उहाँका अनुसार निर्वाचन आचारसंहिताको दफा ५ को ९(क) को देहाय ४ मा स्थानीय तहका जनप्रतिनिधिले आफ्नो स्थानीय तहभित्र कुनैपनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुन नहुने स्पष्ट उल्लेख छ। सो व्यवस्थाविपरीत गतिविधि नगर्न आयोगले जनप्रतिनिधिहरूलाई आग्रह गरेको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार फागुन ४ गतेदेखि १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने व्यवस्था छ।

सूचना अधिकारी घिमिरेले भन्नुभयो, उक्त अवधिमा केही जनप्रतिनिधि आचारसंहिता विपरीत प्रचारप्रसारमा संलग्न भएको गुनासो आएपछि आयोगले स्पष्ट निर्णय गर्दै यस्तो गतिविधिमा सहभागी नहुन आग्रह गरेको हो।

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सबै पक्षलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४