पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु
प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियका अनुसार तिलागुफा नगरपालिका १ नाग्म गाउँमा आज बिहान गएको पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु भएको छ । दुई जनाको उद्धार गरिएको र तिन जना अझै बेपत्ता रहेको प्रहरी नायब उपरीक्षक ओलियले जानकारी दिए ।
पहिरोमा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी, पाँच र दुई वर्षीय छोराहरुको मृत्यु भएको छ । मृतकको शव दिउँसो भेटिएको छ । उद्धार गरिएका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्जुन हमालको जुम्ला अस्पतालमा उपचार भइरहेका छ । पहिरोमा परेका उक्त तिन जना अझै बेपत्ता भएको र पहिचान हुन नसके हुदा खोजि कार्य जारी रहेको डिएसपी ओलियाले जानकारी दिए ।