Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रजातन्त्र दिवसले दिगो शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न मद्दत गर्छ : राष्ट्रपति पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन ७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । रामचन्द्र पौडेल ले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति सम्मान र श्रद्धा व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र, सुशासन र तीव्र विकासको मार्ग सुदृढ गर्न आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल गर्नुभएको छ।

उहाँले २००७ सालको क्रान्ति सफल भई निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट मानवअधिकार तथा नागरिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक उपलब्धिको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने बताउनुभएको छ।

साथै सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै नेपाल को सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै सो कार्यमा लाग्न सबैलाई अपिल गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४