Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० विश्वकप : सुखद अन्त्यको खोजीमा नेपाल, आज स्कटल्याण्डसँग भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ५ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले आज (मंगलबार) आफ्नो अन्तिम खेल खेल्दैछ । अघिल्ला तीन खेलमा लगातार हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले आफ्नो प्रतिष्ठाका लागि स्कटल्याण्डको सामना गर्न लागेको हो ।

भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रंगशालामा हुने यो खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे सुरु हुनेछ । दुवै टोली सुपर-८ को दौडबाट बाहिरिइसकेका कारण यो खेल केवल एक औपचारिक प्रतिस्पर्धा र सुखद बिदाइको अवसर मात्र हुने देखिन्छ ।

विश्वकपमा नेपालको सुरुवात उत्साहजनक रहे पनि नतिजा भने सुखद रहेन । पहिलो खेलमा टेस्ट राष्ट्र इंग्ल्याण्डलाई कडा टक्कर दिएको नेपाल मात्र ४ रनले पराजित भएको थियो । तर, त्यसपछिका खेलहरूमा भने नेपालले आफ्नो लय कायम राख्न सकेन । इटालीसँग १० विकेट र वेस्ट इण्डिजसँग ८ विकेटको लज्जास्पद हार बेहोरेपछि नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको थियो ।

नेपाल रहेको समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजले सुपर-८ मा स्थान सुरक्षित गरिसकेका छन् भने नेपालसँगै स्कटल्याण्ड र इटाली पनि बाहिरिएका छन् ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथासले खेलाडीहरूलाई पुरानो गल्ती नदोहोर्‍याउन सचेत गराएका छन् । उनले भने, ‘हामी स्कटल्याण्डविरुद्धको खेलमा खेलाडीहरूले उच्च प्रतिस्पर्धा गरेको र एउटै गल्ती पटक-पटक नदोहोर्‍याएको हेर्न चाहन्छौँ । हाम्रो लागि यो नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।’

प्रशिक्षक पोथासले टोलीमा प्रदर्शनको निरन्तरता हुनुपर्नेमा जोड दिएका छन् । ‘एउटा राम्रो खेल खेल्दैमा कोही उत्कृष्ट बन्न सक्दैन, त्यसका लागि प्रदर्शनमा निरन्तरता चाहिन्छ,’ उनले थपे, ‘हामी समर्थकहरूका लागि विश्वकपमा एउटा सुखद सम्झना छाड्न चाहन्छौँ । स्कटल्याण्डविरुद्धको राम्रो नतिजाले आगामी ५० ओभरका खेलहरूका लागि पनि खेलाडीको मनोबल उच्च बनाउनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४