Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन स्वच्छ र भयरहित बनाउन सुरक्षा निकायलाई मानवअधिकार आयोगको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन ४ २०८२
  • 3.4K
    SHARES

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोग ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायलाई विशेष ध्यान दिन आग्रह गरेको छ। आयोगले निर्वाचन सुरक्षाको तयारी तथा मानवअधिकार संरक्षणका विषयमा सुरक्षा निकायका उच्च पदाधिकारीहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएको हो।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले नेपाल सरकारअन्तर्गतका चारवटै सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरूसँग विस्तृत छलफल गरेको थियो। छलफलमा निर्वाचन सुरक्षाका चुनौती, आवश्यक पूर्वतयारी तथा मानवअधिकार संरक्षणका उपायबारे गम्भीर रूपमा विचार–विमर्श भएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले का अनुसार सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउन सुरक्षा निकायलाई समन्वयात्मक ढंगले तयारी गर्न आग्रह गरिएको छ। उनले निर्वाचनका क्रममा नागरिकको अधिकार सुरक्षित राख्दै शान्तिपूर्ण वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको बताए।

कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगर सहित आयोगका सदस्य, सचिव तथा विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। यसमा नेपाली सेना का रथी, नेपाल प्रहरी का महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुखलगायत उपस्थित थिए।

छलफलपछि आयोगले निर्वाचन सुरक्षाका लागि आवश्यक सञ्चार उपकरण, यातायात साधन, सुरक्षा सामग्री तथा अन्य पूर्वाधारको उचित व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको जनाएको छ। आयोगले मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता र निर्वाचनमा खटिने कर्मचारीको सुरक्षालाई उच्च प्राथमिकता दिनुपर्ने स्पष्ट पारेको छ।

सुरक्षा निकायका प्रमुखहरूले भने सीमित स्रोत–साधनका बाबजुद निर्वाचन सफल बनाउन उच्च मनोबलका साथ तयारी भइरहेको बताएका छन्। उनीहरूले समन्वय र सहकार्यका माध्यमबाट शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोगले आगामी निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा व्याख्या गर्दै मानवअधिकारको पूर्ण सम्मानसहित निष्पक्ष वातावरण कायम गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ। साथै कुनै पनि प्रकारको त्रास, दबाब वा हिंसा हुन नदिन सुरक्षा संयन्त्र सजग रहनुपर्नेमा आयोगले जोड दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४