Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनकुमार थापाद्वारा सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजना प्रस्तुत


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 3.2K
    SHARES

काठमाडौँ । गगनकुमार थापा, नेपाली कांग्रेसका सभापतिले सार्वजनिक यातायात सुधारका प्रारम्भिक योजनाहरू सार्वजनिक गरेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै सभापतिले एकीकृत यातायात प्राधिकरण को अवधारणालाई प्रस्तुत गरेका छन्। उनका अनुसार सरकार, सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा यातायात सेवा सञ्चालन हुनु अपरिहार्य छ।

सभापति थापाले भने, “घण्टौँको जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्रा हाम्रो सार्वजनिक यातायातको मुख्य समस्या हो। साना र अव्यवस्थित सवारी, एकीकृत नभएको रुट–परमिट र भाडा व्यवस्था, र राजधानीमा कामकाजी नागरिकले समयमै कार्यालय पुग्न नसक्ने अवस्था जस्ता चुनौतीहरू व्यापक सुधार आवश्यकतामा संकेत गर्छन्।”

उनले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउने दिशामा ठोस तयारी भइरहेको बताएका छन्। सभापति थापाले सुधार कार्यमा प्राथमिकता, संवेदनशीलता र व्यवस्थित नियमन आवश्यक भएको जोड दिएका छन्।

यो पहलले राजधानीको जाम, असुरक्षित यात्रा र प्रणालीगत कमजोरी समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४