सरकारले शैक्षिक सत्र खेर जान नदिन सबैसंगको सहकार्य गर्न आवश्यक छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण हरेक क्षेत्रमा यसले गहिरो प्रभाव परेको भएता पनि सबै भन्दा बढी शैक्षिक क्षेत्रमा परेको छ कोरोना भाइरसको प्रभाव कहिलेसम्म रहने हो भन्ने कुराको कुनै एकिन छैन, तर सरकारले भने कुनै योजना बिना नै शैक्षिक क्षेत्रको सहि निर्णय नगर्दा विद्यार्थीको भविष्य माथि नै खेलवाड भइरहेको छ । भने अर्का तिर मनोवैज्ञनिक गहिरो असर पनि परिहेको छ । विद्यार्थीहरु तनाव र चिन्तामा छन् । यस्तो अवस्थामा त्रिवि स्वायत निकाय भएकाले त्रिवि मतहतका कलेजहरु संग सहकार्य गरेर विद्यार्थीको लागी अनुकुल वातावरण तयार पादै भौतिक रुपमा उपस्थित गराउन नसके पनि वैकल्पिक विधि बाट नै अब परीक्षा तथा पठनपाठन सुरु गर्नु पर्र्नेे राट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए
विश्वविद्यालय तहमा अध्ययन गरिरहेका विद्यार्थीहरु बेला बेला त्रिभुवन विश्वविद्यालय तथा अन्य विश्वविद्यालयद्वारा जारी गर्ने सूचनाका कारण उनीहरु अन्योलमा परिरहेका छन् । गत चैतदेखि यता विश्वविद्यालयका विभिन्न तह र शंकायका परीक्षा मात्र नभई विद्यालय तहका पठन पाठन समेत रोकिएका छन् । यद्यपी सरकारले शैक्षिक सत्र खेर जान नदिने भन्दै वैकल्पिक शिक्षाका रुपमा अनलाइन कक्षाहरु समेत सन्चालन गरेको भएता पनि यो पुर्णरुपले लागु हुन सकेको छैन् । कोरोनाले कहिले सम्म प्रभाव पार्छ कसैलाई एकिन छैन त्यसैले कक्षाहरु सन्चालन र परीक्षा लिने बारेमा सम्बन्धित सबै निकायले सहकार्य गरेर जान पर्ने कार्यकारी उपाध्यक्ष ढुंगेलको भनाइ छ ।
विद्यार्थीको भविष्य र देशका लागी वैकल्पिक शिक्षा अहिलेको अवस्थामा बाध्यात्मक भएको छ । भने अर्का तिर नेपाल भौगोलिक विकटता र ग्रामीण परिवेश भएकोले यसको उपयोगिता र सार्थकता बारेमा कसरी लैजाने भन्ने विषयमा अब सरकार र सरोकारवला पक्षले ध्यान दिन आवश्यक छ ।
क्यामेरामा निर्जन महतका साथमा जनआवाज टेलिभिजन रिपोटर नमुना दहाल कार्की काठमाडौ ।