Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बास नेपालद्वारा दुई कर्मचारीलाई सम्मानसहित बिदाइ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 931
    SHARES

नेपालगञ्ज । बास नेपालले आफ्ना दुई कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गरेको छ। अनुगमन, मूल्यांकन, जवाफदेहिता तथा सिकाइ अधिकृतका रूपमा कार्यरत हंश बहादुर शाही तथा असल शासन मिडियाकी बजार प्रतिनिधि जानकी बिकलाई एक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको हो। व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका दुवै कर्मचारीलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको संस्थाले जनाएको छ।

बिदाइ कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्यहरू बसन्ती शर्मा र बब्लु शेष, निर्देशक हेमराज भट्ट तथा कार्यक्रम प्रबन्धक मन भण्डारीले सम्मानपत्र प्रदान गरेका थिए। कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

जानकी बिकले असल शासन मिडियामा इन्टर्नका रूपमा कार्य सुरु गरी २०७८ साल मंसिर १ गतेदेखि २०८२ साल पुससम्म बजार प्रतिनिधिका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। त्यस्तै हंश बहादुर शाहीले ‘रुम टु रिड’ को सहयोगमा सञ्चालित बालिका शिक्षा कार्यक्रममा सन् २०२४ सेप्टेम्बर १५ देखि डिसेम्बर ३१ सम्म प्रशासन तथा लेखा अधिकृतका रूपमा काम गरेका थिए। पछिल्लो समय ‘द कोकाकोला फाउन्डेसन’ को सहयोगमा सञ्चालित ‘हरित नेपालगञ्ज : सामुदायिक फोहर रूपान्तरण परियोजना’ अन्तर्गत अनुगमन, मूल्यांकन, जवाफदेहिता तथा सिकाइ अधिकृतका रूपमा कार्यरत थिए।

कार्यक्रममा कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय सदस्य बब्लु शेष, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, लेखा अधिकृत राष्टि बुढा, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, प्रशासनिक अधिकृत शुद्ध चौधरी, कार्यक्रम अधिकृत शोभा थापा मगर, कार्यक्रम प्रबन्धक रमिता शाह, बजार प्रतिनिधि दिनेश चौधरी तथा सामुदायिक सहजकर्ता ज्योति बुढालगायतले बिदाइ हुने कर्मचारीको योगदानबारे चर्चा गरेका थिए।

बिदाइ कार्यक्रममा बोल्दै शाही र बिकले संस्थासँग काम गर्ने अवसरप्रति आभार व्यक्त गर्दै आगामी यात्राका लागि शुभेच्छा दिन सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४