Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गर्ने निर्णय राष्ट्रिय सभाबाट सर्वसम्मत पारित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.5K
    SHARES

काठमाडौँ । राष्ट्रिय सभाले सरकारद्वारा फिर्ता माग गरिएको सामाजिक सञ्जाल विधेयक २०८१ लाई सर्वसम्मतिले फिर्ता गर्ने निर्णय पारित गरेको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक फिर्ता भएको घोषणा गरेका हुन् ।

यसअघि विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभामा पेश गरेकी थिइन् । समितिमा विधेयकमाथि व्यापक छलफल तथा परामर्श गरिएको बताउँदै उनले सम्बन्धित सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफलसमेत भएको जानकारी दिइन् ।

राष्ट्रिय सभाको २०८२ भदौ १३ गते बसेको बैठकले उक्त विधेयक राष्ट्रिय सभाबाट उत्पत्ति गरी दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदले कुल १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए, जसले विधेयकमाथि व्यापक बहस र सुधारको आवश्यकता देखाएको थियो ।

समितिका सभापति दाहालका अनुसार विधेयकबारे सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव तथा अन्य सरोकारवाला पक्षसँग पटक–पटक छलफल गरिएको थियो । ती छलफलमा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालको नियमन, प्रयोगकर्ताको अधिकार, डिजिटल सुरक्षा तथा दुरुपयोग नियन्त्रणजस्ता विषयमा विभिन्न धारणा आएका थिए ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते मन्त्रिपरिषद्बाट विधेयक फिर्ता माग्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार माघ २१ गते सरकारका तर्फबाट राष्ट्रिय सभामा विधेयक फिर्ता माग्ने औपचारिक पत्र पठाइएको थियो ।

सरकारले विधेयकलाई थप परिमार्जन, व्यापक परामर्श र आवश्यक सुधारपछि पुनः अघि बढाउने संकेत दिएको छ । सामाजिक सञ्जालको प्रयोग बढ्दै गएको सन्दर्भमा यसको नियमन र प्रयोगकर्ताको अधिकार संरक्षणसम्बन्धी कानुनी व्यवस्था आवश्यक रहेको विषयमा विभिन्न पक्षबाट बहस भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४