Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हामी नै सबैभन्दा नयाँ शक्ति : नयाँ भन्नेहरू दलालको प्रभावमा — प्रचण्ड


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २४ २०८२
  • 3.6K
    SHARES

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पछिल्लो समय “नयाँ शक्ति”का नाममा भइरहेको राजनीतिक बहस र चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् । उनले विचार, सिद्धान्त र राजनीतिक एजेण्डाका आधारमा मूल्याङ्कन नगरी केवल प्रचारका आधारमा नयाँ भन्ने प्रवृत्तिले जनतामा भ्रम सिर्जना गरिरहेको बताएका हुन् ।

काठमाडौँमा आयोजित एक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, उत्पीडित वर्ग तथा समुदायको अधिकार सुनिश्चित गर्ने काम आफ्नो पार्टीले गरेको दाबी गरे । उनले यही कारण आफ्नो पार्टीलाई नै देशको सबैभन्दा नयाँ र प्रगतिशील राजनीतिक शक्ति ठहर गर्नुपर्ने तर्क प्रस्तुत गरे ।

दाहालले विशेषगरी महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम तथा थारु समुदायको पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने आन्दोलनमा नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य भूमिका रहेको उल्लेख गरे । उनले सामाजिक समावेशिता र समानुपातिक प्रतिनिधित्वका मुद्दा स्थापित गर्न आफ्नो पार्टीले महत्वपूर्ण संघर्ष गरेको जिकिर गर्दै त्यसलाई नयाँ राजनीतिक दृष्टिकोणको उदाहरणका रूपमा व्याख्या गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले “तथाकथित नयाँ” शक्तिहरूको उदयले देशलाई स्पष्ट दिशा दिन नसकेको टिप्पणी गरे । सामाजिक सञ्जालमार्फत प्रचार गरेर मात्र नयाँ बन्न नसकिने भन्दै उनले विचार, नीति र जनताको हितमा समर्पणका आधारमा मात्र नयाँ शक्ति परिभाषित हुनुपर्ने बताए ।

कार्यक्रममा उनले भने, “आजभोलि नयाँ नयाँ भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमार्फत निकै होहल्ला गरिएको छ । तर नेपालमा हामीभन्दा नयाँ कोही छैन । गणतन्त्र, संघीयता र समावेशी अधिकारको लडाइँ लड्ने शक्ति नै वास्तविक नयाँ शक्ति हो ।” उनले दलाल पुँजीपति र बिचौलियाको प्रभावमा चलेका शक्तिलाई नयाँ भन्न नमिल्ने दाबी पनि गरे ।

दाहालले कार्यकर्ताहरूलाई गाउँ–टोल र घरघरमा पुगेर आफ्नो पार्टीका उपलब्धि र एजेण्डा जनतामाझ स्पष्ट रूपमा राख्न आग्रह गरे । उनले जनताको हक, अधिकार र पहिचानका लागि संघर्ष गर्ने शक्ति नै वास्तविक परिवर्तनको वाहक हुने बताए ।

उनका अनुसार परिवर्तनको आन्दोलनबाट आएका शक्तिहरूलाई नै गाली गर्ने प्रवृत्ति बढ्दो छ, जसले राजनीतिक स्थायित्व र विकासमा अवरोध सिर्जना गर्न सक्ने खतरा रहेको उनले बताए । देश अहिले विभिन्न राजनीतिक, आर्थिक र सामाजिक चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दै उनले जिम्मेवार राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

संयोजक दाहालले लोकतन्त्रलाई सुदृढ बनाउन विचारमा स्पष्टता, नीतिमा प्रतिबद्धता र जनताप्रति उत्तरदायित्व आवश्यक रहेको बताए । उनले राजनीतिक प्रतिस्पर्धा स्वस्थ र मुद्दा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै देश र जनताको हितलाई प्राथमिकतामा राख्न सबै राजनीतिक शक्तिलाई आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४