Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिवुवन विश्वविद्यालयमा विद्यार्थी–अखिल क्रान्तिकारीको सांकेतिक आन्दोलन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २४ २०८२
  • 1.4K
    SHARES

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उपकुलपति र रजिस्ट्रारको पदाधिकारी कुर्सीमा लाञ्छनायुक्त पर्चा टाँसेर विरोध प्रदर्शन गरेका छन्।

अखिल क्रान्तिकारीले मानविकी संकायअन्तर्गत चारवटा सेल्फ–सस्टेन प्रोग्रामको शुल्क घटाउन माग गर्दै उपकुलपति प्रा.डा. दिपक अर्याल र रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालको कुर्सीमा पर्चा टाँसेको हो।

विद्यार्थी संगठनका अनुसार, “वार्ता र छलफलका लागि प्रशासनसँग भेट्ने प्रयास गरेका थियौँ, तर कुनै पहल भएको छैन। त्यसको विरोध स्वरूप सांकेतिक आन्दोलन गरेका हौँ,” अखिल क्रान्तिकारी त्रिवि अध्यक्ष दिनेश ऐरले बताए।

केही दिनअघि शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीको कार्यकक्षमा क्रान्तिकारीले तोडफोड गरेको घटना पनि सार्वजनिक भएको थियो। अखिल क्रान्तिकारीले भने आफ्नो आन्दोलन सांकेतिक र दबाबको रूपमा मात्र रहेको स्पष्ट पारेका छन्।

त्रिवि प्रशासनका अधिकारीहरूले विद्यार्थी संगठनको कार्यलाई दुर्व्यवहारको रुपमा व्याख्या गरेका छन्। “पदाधिकारी सरको कार्यकक्षमा आएर जथाभावी लेखेर गए। यो त दुर्व्यवहार हो। विद्यार्थीबाट पदाधिकारी तथा कर्मचारी डराउनु पर्ने अवस्था आएको छ,” त्रिवि केन्द्रीय कार्यालयका एक अधिकारीले भने।

अखिल क्रान्तिकारीले पनि आफूहरूमाथि प्रशासनले हस्तक्षेप गरेको आरोप लगाएका छन्। ऐरका अनुसार, “हाम्रो साथीलाई प्रहरीले गिरफ्तार गर्यो। दुई–तीन घण्टा राखेर छोडियो।”

मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास अध्ययन कार्यक्रमका शुल्क समायोजनको सहमति अनुसार कार्य नभएको उनीहरूको मुख्य माग हो।

त्रिवि प्रशासनका अनुसार, शुल्क पुनरावलोकनका लागि कार्यदल गठन भइसकेको छ। यसअघि क्रान्तिकारीले पदाधिकारीको कार्यकक्षमा ताला लगाएको भए पनि सर्वोच्च अदालतको आदेश अनुसार प्रहरी प्रशासनले ताला खोलेको थियो। तर विद्यार्थी संगठनले प्रवेशमा रोक लगाएको कारण पदाधिकारीहरूले अझै कार्यकक्षमा जान सकेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४