Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचनअघि कुनै दलसँग गठबन्धन नगर्ने कांग्रेसको स्पष्टोक्ति, १६५ वटै क्षेत्रमा उम्मेदवार कायम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २३ २०८२
  • 2.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनअघि कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेको छ। पार्टीले आफूहरू एक्लै चुनावी मैदानमा उत्रिएको र प्रतिनिधिसभाका सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जनाएको छ।

नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेस पूर्ण रूपमा निर्वाचन प्रक्रियामा केन्द्रित रहेको बताएका हुन्। उनले कांग्रेस आफ्नै बलमा चुनाव लड्ने रणनीतिमा रहेको र चुनावअघि गठबन्धन गर्ने कुनै योजना नरहेको स्पष्ट पारे।

उनका अनुसार पछिल्लो समय संसद पुनःस्थापना लगायत विभिन्न राजनीतिक विषयमा चर्चित हल्लाहरू फैलाइएको भए पनि ती विषयमा कांग्रेसको कुनै आधिकारिक टिप्पणी नरहेको बताए। उनले यस्ता चर्चाहरू निर्वाचनबाट जनताको ध्यान मोड्ने प्रयास हुन सक्ने संकेत गर्दै कांग्रेस भने चुनावमै केन्द्रित रहेको बताए।

प्रवक्ता चालिसेले कांग्रेसले निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार मानेको बताउँदै पार्टीले सम्पूर्ण शक्ति चुनावी अभियानमा केन्द्रित गरेको उल्लेख गरे। “हामी पूर्ण रूपमा चुनावी प्रक्रियामा गइरहेका छौं, चुनावमै विश्वास गर्छौं। १६५ वटै क्षेत्रमा हाम्रो उम्मेदवार कायम छन् र हामी प्रचार–प्रसारमा सक्रिय छौं,” उनले भने।

त्यस्तै उनले निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको आधारभूत अधिकार भएको उल्लेख गर्दै त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले निर्वाचन अवधिभर कुनै पनि प्रकारको गठबन्धन नहुने दोहोर्याउँदै कांग्रेस आफ्नै बलमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे। साथै उनले मतदातालाई मतदान गर्दा विगतको इतिहास, राजनीतिक योगदान र भविष्य निर्माण गर्ने क्षमता भएका पार्टी तथा उम्मेदवारलाई छनोट गर्न आग्रह पनि गरे।

नेपाली कांग्रेसले आगामी निर्वाचनलाई आफ्नो राजनीतिक भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ। पार्टी नेताहरू देशभर चुनावी प्रचार–प्रसारमा सक्रिय भइरहेका छन् भने संगठन सुदृढीकरण, मतदाता भेटघाट र चुनावी कार्यक्रमलाई तीव्रता दिइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४