Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी निर्वाचनमा देश बनाउने र देश जलाउनेबीच प्रतिस्पर्धा हुन्छ : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १८ २०८२
  • 1.2K
    SHARES

काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति लक्षित गर्दै बतासे अण्डाबाट चल्ला ननिस्किने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा रहेको बताउनुभयो ।

साह झापा ५ मा आफूसँग ठुटे सिंङ लिएर सिंगौरी खेल्न पुगेको टिप्पणी गर्नुभयो ।  उहाँले नेकपा एमाले देश बनाउन शक्ति भएको बताउँदै देश जलाउने शक्तिहरु कहिल्यै सफल नहुने बताउनु भयो । उहाँले उनीहरुले देश जलाएको पनि स्वीकार गरिसकेको बताउनु भयो । अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने भन्ने हिसाव आगामी निर्वाचनले गर्ने बताउनु भयो । ओखलढुंगाबाट अस्मिता थापालाई विजयी गराएर पठाउनेमा आफू विश्वस्त रहेको बताउँदै अध्यक्ष ओलीले अस्मिता हार्नु एउटा ठाउँमा देश हार्नु सरह भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले लडाईं देश जलाउने की देश बनाउनेहरुको बीचमा छ । हामी देश बनाउने शक्ति हौँ । अरु देश जलाउने शक्ति हुन्, पार्टी हुन् । त्यसको जिम्मा पनि अहिले उनीहरुले स्वीकारिसके हामी हौँ भनेर । अब भविष्यमा देश जलाउँदै जाने की बनाउँदै जाने ? अराजकता मच्चाउँदै जाने की विधिको शासन, कानूनको राज बनाउँदै जाने की देशमा बढ्दै जाओस् भनेर अनुकुल बनाउने, देशमा लडाईं गराउनेहरु छन् । म विश्वस्त छु, यहाँहरुले अस्मितालाई विजयी गराउनुहुनेछ ।

सूर्य चिन्हलाई विजयी गराउनुहुनेछ । नेकपा एमालेलाई विजयी गराउनुहुनेछ । देशलाई विजयी गराउनुहुनेछ । देशलाई हार्न दिनु हुनेछैन । अस्मिता हार्नु भनेको १६५ मध्ये एउटा ठाउँमा देश हार्नु हो । एउटा ठाउँमा पनि देश हार्नु हुँदैन । अस्मितालाई जिताएर पठाउनुस् । मेरै ठाउँमा पनि केही ठुटे सिङ लिएर पुगेका छन् । सिंगौरी खेल्न । मैले धेरै केही भन्न पर्दैन, अण्डा दुई प्रकारका हुन्छन् एउटा बतासे र एउटा साँच्चिकैको । बतासे अण्डाबाट चल्ला निक्लिदैन । यि बतासे अण्डाबाट पनि चल्ला निस्किने छैन । यि बतासका खेती गरिरहेका छन् । यिनीहरुका उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो की होइन त्यो पनि थाहा छैन । आगो झोस्न जानेको छ, देश बिगार्न, भड्काउन, तोडफोड गर्न जानेको छ । लुटपाट गर्न जानेको छ । आगजनजी गर्न जानेको छ । ’
अध्यक्ष ओलीले रास्वपा लगायतका शक्तिहरुले लुटपाट गर्न, आगजनी गर्न मात्रै जानेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४