Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेनको चर्चा अनलाइनमै सीमित, झापामा ओलीलाई कुनै चुनौती छैन : पोखरेल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झापा–५ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन कुनै पनि प्रकारको जोखिम नरहेको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को सामाजिक सञ्जालमा देखिएको हल्लाखल्लाले वास्तविक निर्वाचन परिणामलाई प्रभावित गर्न नसक्ने स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा देखिने लोकप्रियता र वास्तविक मतदाताको निर्णयबीच ठूलो अन्तर हुने उल्लेख गरे।

पोखरेलका अनुसार झापा–५ का मतदाता राजनीतिक रूपमा अत्यन्त सचेत, जागरूक र ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका छन्। उनले भने, “झापा–५ त्यो क्षेत्र हो, जहाँ पञ्चायती व्यवस्थाविरुद्ध संघर्षको शंखनाद भएको थियो। हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको क्षेत्रका मतदाता पपुलिज्म र अराजकतावादको प्रभावमा पर्छन् भन्ने मान्यता पार्टीको छैन।”

उनले सामाजिक सञ्जालमा फैलिने हल्लाले क्षणिक प्रभाव त पार्न सक्ने स्वीकार गरे पनि मतदाताको वास्तविक सोच र निर्णय त्यसबाट निर्देशित नहुने दाबी गरे। “सोसल मिडियामा हुने हल्लाखल्लाले एक प्रकारको चर्चा सिर्जना गरे पनि मतदाताबीच पुग्दा हामी झापा–५ मा सुरक्षित अवस्थामा छौँ। त्यहाँ कुनै किसिमको जोखिमको अवस्था छैन भन्ने पार्टीको विश्लेषण छ,” पोखरेलले भने।

कार्यक्रममा उनले दाङ जिल्लाको राजनीतिक अवस्थाबारे पनि धारणा राखे। विगतमा गठबन्धन र महागठबन्धनका कारण नेकपा (एमाले) ले दाङमा थोरै मत अन्तरले हार बेहोर्नुपरेको स्मरण गराउँदै उनले त्यसको असर जिल्लाको विकास र अवसरमा परेको बताए।

पोखरेलले दाङ माओवादी र नेपाली कांग्रेस दुवैको प्रभाव रहेको जिल्ला भए पनि त्यस्तो प्रतिकूल अवस्थामा समेत एमालेले दुई सयभन्दा कम मतले मात्रै हार बेहोरेको उल्लेख गरे। उनका अनुसार, विगतको निर्वाचनमा आफू पराजित हुँदा दाङ जिल्लाले धेरै अवसर गुमाएको अनुभूति अहिले दंगाली जनताबीच व्यापक रूपमा छलफल र बहसको विषय बनेको छ।

“यसपटक दाङका जनताले राष्ट्रिय राजनीतिमा जिल्लाको भूमिका मजबुत बनाउन शंकर पोखरेललाई जिताउनुपर्छ भन्ने निष्कर्षमा पुगेको मैले महसुस गरेको छु,” उनले भने।

महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा (एमाले) लाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न नसक्ने जिकिर गर्दै पार्टीको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताए। उनले निर्वाचन स्वच्छ, निष्पक्ष र लोकतान्त्रिक रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै एमाले जनताको बलमा निर्णायक शक्तिका रूपमा स्थापित हुने दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४