Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रहबर अन्सारी: मधेशबाट विकासको विगुल फुक्छ, गाडिएका सपना अब ज्वालामुखीझैँ बाहिरिन्छन्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ६ २०८२
  • 1K
    SHARES

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेता रहबर अन्सारीले मधेशबाट विकासको विगुल फुकिने दाबी गर्नुभएको छ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै अन्सारीले अघिल्ला नेतृत्वले धेरै भाषण गरे पनि मधेशी जनताको सपना जमिनमुनि गाडिएको आरोप लगाउनुभयो। ती गाडिएका सपनालाई अब इमानदार नेतृत्व र सामूहिक प्रयासबाट ज्वालामुखीझैँ विस्फोट गराउँदै विकासको आधार बनाइने उहाँको भनाइ थियो।

‘हिजो धेरै भाषण गरिए, तर मधेशी जनताको सपना यही जमिनमुनि गाडियो,’ अन्सारीले भन्नुभयो, ‘त्यही सपना यहाँको इमानदार नेतृत्व र निष्ठाले, हामी सबैको प्रयासले निकालेर ज्वालामुखीझैँ मधेशबाटै देशको विकासको विगुल फुकिनेछ। यही विश्वासका साथ म रास्वपामा आएको हुँ।’

अन्सारीले रास्वपाका सभापति रवि लामिछानेको त्याग र वरिष्ठ नेता बालेन शाहको क्षमताको उद्घोष मधेशले गरिरहेको उल्लेख गर्नुभयो।

‘रास्वपा शान्तिले चिनिन्छ, निलो रङले चिनिन्छ,’ उहाँले भन्नुभयो, ‘आज मधेशी भूमिमा मधेशकै छोरा यो देशको नेतृत्वको केन्द्रमा देख्न मधेशले चाहेको छ। रास्वपाले बनाएको त्यो सम्भावना मधेशले प्रधानमन्त्रीको रूपमा हेर्न चाहन्छ।’

मधेशले दुःख, संघर्ष र परिवर्तनको शक्ति चिनेको उल्लेख गर्दै अन्सारीले रवि लामिछानेको त्याग र बालेन शाहको क्षमतामा मधेशको भरोसा रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४