Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ ६ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ। आयोगबाट अर्को सूचना जारी नभएसम्म आचारसंहिता लागू रहनेछ।

आयोगका अनुसार नेपाल सरकार तथा मन्त्रीहरू, प्रदेश सरकार तथा मन्त्रीहरू, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय तथा सो निकायमा कार्यरत पदाधिकारीहरू आचारसंहिताको दायरामा पर्नेछन्।

त्यस्तै, स्थानीय कार्यपालिका तथा सदस्यहरू, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठनलाई पनि आचारसंहिता लागू हुनेछ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई पनि आचारसंहिता लाग्ने आयोगले जनाएको छ।

यसैगरी, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था र तिनका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि आचारसंहिताको दायरामा परेका छन्।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनामा कार्यरत कर्मचारी, साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारीलाई समेत पूर्ण रूपमा आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४