Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधि सभा निर्वाचन तोकिएकै मितिमा हुन्छ: अन्तरिम सरकार


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ ३ २०८२
  • 2.7K
    SHARES

काठमाडौं — अन्तरिम सरकारले तोकिएकै मितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने दाबी गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते नै निर्वाचन हुने स्पष्ट पार्नुभयो। उहाँले मिति तलमाथि नहुने बताउँदै सरकारले निर्वाचन गराउन गम्भीरताका साथ तयारी गरिरहेको उल्लेख गर्नुभयो।

मन्त्री खरेलले भन्नुभयो, “फागुन २१ मा निर्वाचनको मिति तोकिएको छ, त्यो यताउति हुँदैन। निर्वाचन गराउने दायित्व सरकारको मात्रै होइन, सबै सरोकारवाला निकायको हो। निर्वाचन आयोगको निर्णय हामी पर्खनेछौं।”

उहाँले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारी सरकार, निर्वाचन आयोग तथा अन्य सरोकारवाला निकायको साझा दायित्व भएको समेत स्पष्ट गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४