Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फागुन २१ मै निर्वाचन हुन्छ, तयारीमा जुट्नुस् : सहसंयोजक माधव नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २९ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पार्नुभएको छ।

मंगलबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले आगामी फागुन २१ गते निर्वाचन हुने उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। सहसंयोजक नेपालले निर्वाचन समयमा हुँदैन कि भनेर चुप लागेर बस्ने प्रवृत्तिबाट टाढा रहन समेत सचेत गराउनुभयो।

“चुनावमा हाम्रो अग्नि परीक्षा हुनेछ। चुनाव हुन्छ भन्नेमा हामी स्पष्ट छौं। त्यसैले चुनाव हुँदैन कि भनेर पर्खेर बस्ने होइन, पूरै तयारीमा जुट्ने हो,” उहाँले भन्नुभयो। निर्वाचनका लागि पार्टीले घोषणा पत्र निर्माण गर्न कमिटी गठन गरिसकेको र मस्यौदा तयार गर्ने काम पनि अघि बढिसकेको उहाँले जानकारी दिनुभयो।

सहसंयोजक नेपालले निर्वाचन परिचालनका लागि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा छिट्टै परिचालन कमिटी गठन गरिने बताउनुभयो। निर्वाचन पार्टीका लागि निर्णायक परीक्षा भएकाले त्यसलाई सफल बनाउन सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुनुपर्ने उहाँको भनाइ छ।

“निर्वाचन परिचालन कमिटी प्रचण्डको नेतृत्वमा बनाइनेछ। त्यसपछि निर्वाचनसँग सम्बन्धित अन्य काम अघि बढ्नेछन्,” उहाँले भन्नुभयो। साथै निर्वाचनमा मतको रक्षा, पैसाको लेनदेनजस्ता विकृति रोक्ने र देखिएका चुनौतीको सामना गर्न पार्टीभित्र बलियो एकताको आवश्यकता रहेको उहाँले जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४