Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस विशेष महाधिवेशनसंगै निर्वाचन आयोगले सम्भावित विवादको पूर्वअध्ययन सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २७ २०८२
  • 2.7K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएसँगै निर्वाचन आयोग सम्भावित विवाद समाधानका लागि पूर्वअध्ययनमा लागेको छ। आयोगका उच्च स्तरका अधिकारीहरूले यस विषयमा चासो देखाएका छन्।

आयोग स्रोतका अनुसार, कांग्रेसको विधान, राजनीतिक दल सम्बन्धी ऐन, सम्बन्धित निकायका मापदण्ड र विगतका नजिर अध्ययन गर्ने कार्य सुरु गरिएको छ। एक अधिकारीले भने, “केही विवाद आए कस्ता खालका हुन सक्छन् भन्ने पूर्वअनुमान गरेर आयोगले आफूलाई तयार राख्नु स्वाभाविक हो।”

विशेष महाधिवेशनले जे जस्ता निर्णय गरे पनि ती अद्यावधिकका लागि आयोगमा पुग्नेछन्। अधिकारीका अनुसार, “केन्द्रीय समितिमा संशोधन, विधानमा परिवर्तन, नाम, चुनाव चिह्न वा झण्डा आदिमा निर्णय भएमा त्यसको अद्यावधिकका लागि आयोगमा आउँछ। जे जस्ता निर्णय भएता पनि अद्यावधिक गरिनु पर्ने भएकाले आयोगले यसलाई नजिकबाट हेरिरहेको छ।”

कांग्रेस नेतृत्व परिवर्तन वा अन्य नीतिगत विषयमा संशोधन हुने निर्णय भएमा त्यसको वैधता निर्धारण गर्ने प्रक्रिया प्रचलित ऐन र कांग्रेसको विधानमै आधारित हुने हुँदा आयोगले पूर्व अध्ययन थालेको हो।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि कांग्रेसभित्रको विवाद नजिकबाट हेरिरहेको बताएका छन्। उनले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भने, “कांग्रेस विवाद दलभित्रको आन्तरिक विषय हो। त्यसमा आयोग प्रवेश नगर्ने भएकाले अहिले केही भन्दैनौं। तथापि आयोगले नजिकबाट हेरिरहेको हुन्छ।”

कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनमा विवाद रहँदै आएको छ। आजबाट सुरु भएको विशेष महाधिवेशनका कारण आयोग सम्भावित विवाद समाधानको पूर्वअध्ययनमा लाग्नुपर्ने स्थिति आएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४