Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विशेष महाधिवेशनको चर्चा चुलिँदा कांग्रेस कार्यसम्पादन समितिको बैठक आज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २१ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । १५औँ महाधिवेशनको मिति प्रस्ताव गरे लगत्तै तातेको नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सम्बोधन गर्न आज (सोमबार) केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

गत शुक्रबार बसेको बैठकले आगामी २०८३ वैशाख २८ देखि ३१ गतेसम्म नियमित १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर, यो निर्णयले पार्टीभित्रको असन्तुष्टि साम्य हुनुको साटो झन् बढेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधानको बाध्यात्मक व्यवस्थालाई टेकेर यही पुस २७ र २८ गते विशेष महाधिवेशनको तयारी थालेपछि नेतृत्व दबाबमा परेको हो ।

कांग्रेसको विधानले कुल महाधिवेशन प्रतिनिधिको ४० प्रतिशतले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । गत असोज २९ गते नै ५४ प्रतिशत अर्थात् २ हजार ४ सय ८८ जना प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । १४औँ महाधिवेशनका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये बहुमतले हस्ताक्षर बुझाएको अवस्थामा नेतृत्वले त्यसलाई छल्न खोजेको आरोप लाग्दै आएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ, तर मुख्य एजेन्डा महाधिवेशनकै वरिपरि घुम्ने निश्चित छ । महामन्त्रीद्वयको तयारी र विधानको अङ्कगणितलाई नेतृत्वले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले आजको बैठकको महत्त्व बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४