Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केन्द्रीय सुरक्षा समितिको निर्णय: निर्वाचन सुरक्षा तयारी, धार्मिक सहिष्णुता र फरार कैदी पक्राउ अभियान तीव्र बनाइने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २० २०८२
  • 3.6K
    SHARES

काठमाडौं। गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षा तयारी, धार्मिक सहिष्णुता कायम गर्ने तथा फरार कैदीबन्दी पक्राउ अभियानलाई तीव्रता दिने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा आगामी निर्वाचनका सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्म गरेका तयारीबारे जानकारी लिइएको र आवश्यक समन्वय थप मजबुत बनाउने निर्णय गरिएको हो। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ।

बैठकमा पछिल्लो समय सामाजिक सञ्जालमार्फत एक–अर्काका धर्म र धार्मिक समुदायलाई लक्षित गर्दै गरिएका गलत तथा भ्रामक टिप्पणीका कारण धार्मिक सहिष्णुतामा असर पर्न सक्ने अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको थियो। यस विषयमा छलफल गर्दै जिल्लास्तरमा धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

यस्तै, स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थिति थप बिग्रन नदिन सक्रिय रहनुपर्ने र प्रदेश तथा स्थानीय सरकारलाई पनि यस्तै भूमिका निर्वाह गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले धार्मिक गतिविधि र त्यससँग जोडिएका संवेदनशील विषयमा थप विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमै राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोगहरू तथा सुरक्षा निकायहरूको सहभागितामा संयुक्त बैठक बस्ने निर्णय पनि गरेको छ।

यसका साथै, जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूको पक्राउ अभियानलाई थप तीव्र बनाउने र सुरक्षा निकायका विशेष अपरेसनलाई अझ सक्रिय बनाउने विषयमा समेत विस्तृत छलफल भएको प्रवक्ता काफ्लेको भनाइ छ।

केन्द्रीय सुरक्षा समितिले मुलुकको समग्र सुरक्षा अवस्था, सामाजिक सद्भाव र निर्वाचन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समन्वय र सतर्कता बढाउने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४