Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विधानअनुसार अघि बढ्दा कांग्रेस विभाजित हुँदैनः महामन्त्री शर्मा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १८ २०८२
  • 2K
    SHARES

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विधानअनुसार अघि बढ्दा नेपाली कांग्रेस विभाजित नहुने दाबी गर्नुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टी फुट्छ कि भन्ने आशंका नगर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। पार्टीभित्र एकताको विषयमा उठिरहेका आशंकाहरू निराधार भएको उल्लेख गर्दै उहाँले कांग्रेस थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो।

महामन्त्री शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको भए पनि निर्धारित समयमा नियमित महाधिवेशन गर्न नसकिएको स्वीकार गर्नुभयो।

उहाँले निर्वाचन अघि राष्ट्रिय संकल्प तय गर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विकल्पबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुने जानकारी दिनुभयो। नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४