Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भदौ २३–२४ का घटनाबारे देउवा र दाहाललाई बयानका लागि आयोगको बोलावट


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १८ २०८२
  • 2.7K
    SHARES

काठमाडाैं। गत भदौ २३ र २४ गते भएका घटनाको छानविनका लागि गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बयानका लागि बोलाएको छ।

आयोग स्रोतका अनुसार दुवै नेतालाई घटनासँग सम्बन्धित प्रश्नहरू समेत पठाइएको छ। भदौ २४ गते भएको प्रदर्शनका क्रममा संयोजक दाहाल सिंहदरबारभित्रै रहेका थिए र सोही क्रममा सुरक्षाकर्मी तथा सेनाले उहाँलाई उद्धार गरेको थियो।

त्यसैगरी, सभापति देउवा भने उक्त दिन बूढानीलकण्ठस्थित आफ्नै निवासमा रहेका बेला जेनजी आन्दोलनकारीद्वारा कुटपिटमा परेका थिए। आन्दोलन चर्किँदै गएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पद त्याग गरी हेलिकोप्टरमार्फत सिंहदरबारबाट बाहिरिएको घटनासमेत आयोगको छानविनको दायरामा रहेको स्रोतले जनाएको छ।

आयोगले कर्मचारी तथा सुरक्षाकर्मीहरूसँगको बयान प्रक्रिया सम्पन्न गरिसकेको छ। अब एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समेत बयानका लागि पत्र पठाउने तयारी भइरहेको आयोग स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४