Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिमा नयाँ समीकरण? रवि–बालेन सहकार्य अन्तिम चरणमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष १२ २०८२
  • 2.8K
    SHARES

काठमाडौं । वैकल्पिक राजनीशक्तिका रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास निर्णायक मोडमा पुगेको छ । दुवै पक्षका दोस्रो तहका नेताहरूले शुक्रबार दिनभर गरेको ‘म्याराथन’ छलफलले राजनीतिक सहकार्यको प्रारम्भिक खाका तयार पारेको छ भने शनिबार (आज) त्यसलाई अन्तिम रूप दिने तयारी छ ।

स्रोतका अनुसार, शुक्रबारको छलफलमा तयार पारिएको ‘मोडालिटी’ अनुसार पार्टीको सम्पूर्ण कमाण्ड (सभापति) रवि लामिछानेले सम्हाल्ने र आउँदो निर्वाचनमा बहुमत प्राप्त भए बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव गरिएको छ । यो प्रस्तावमा सभापति लामिछाने सकारात्मक देखिएको रास्वपा स्रोतको दाबी छ । सोमबार राति लामिछानेसँग भएको ६ घण्टा लामो गोप्य भेटमा पनि बालेन पक्षले यही प्रस्ताव राखेको थियो । सुरुमा चितवन पुगेर लामिछानेले यसको खण्डन गरे पनि बिहीबार ललितपुरको ज्वागल पुगेर बालेनसँग पुनः भेट गरेपछि वार्ता प्रक्रियाले तीव्रता पाएको हो ।

नेतृत्वको विषयमा मोटामोटी सहमति जुटे पनि साङ्गठनिक स्वरूप र उम्मेदवार छनोटको हिस्सामा भने कुरा मिलिसकेको छैन । बालेन पक्षले पार्टी एकता गर्दा समानुपातिक तथा प्रत्यक्ष तर्फका उम्मेदवारदेखि पार्टीका हरेक संरचनामा ५० प्रतिशत हिस्सा (हिस्सेदारी) पाउनुपर्ने अडान राखेको छ ।

यस्तै, आगामी चुनाव चिह्न के हुने भन्ने विषय पनि छलफलकै क्रममा छ । शुक्रबार रास्वपाका नेताहरू शिशिर खनाल र असिम शाह तथा बालेनका तर्फबाट कुमार बेन र भूपदेव शाहबीच बिहानैदेखि छलफल चलेको थियो । शुक्रबार महानगरको कार्यक्रममा मेयर शाह व्यस्त रहेकाले प्राविधिक विषय टुङ्गिन नसकेको र शनिबार शीर्ष दुई नेता (रवि र बालेन) सहित बसेर यसलाई निष्कर्षमा पुर्‍याउने तयारी गरिएको वार्तामा सहभागी एक सदस्यले जानकारी दिए ।

बालेनको ‘प्लान बी’ : देश विकास पार्टी
रास्वपासँगको वार्ता निष्कर्षमा नपुगे बालेन शाहले आफ्नै नेतृत्वमा दल खोल्ने तयारी समेत पूरा गरेका छन् । उनले ‘लौरो’ चुनाव चिह्न रहेको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउन ललितपुरको ज्वागलमा विभिन्न क्षेत्रका विज्ञ, व्यवसायी र अभियन्ताहरूसँग परामर्श गरिरहेका छन् ।

बालेन निकट स्रोतका अनुसार, उनी रास्वपासँग केवल चुनावी गठबन्धन मात्र गर्ने पक्षमा छैनन् । ‘कुरा मिले पूर्ण पार्टी एकता गर्ने, नत्र आफ्नै दलबाट अघि बढ्नेमा बालेनजी स्पष्ट हुनुहुन्छ,’ स्रोतले भन्यो । आज (शनिबार) हुने वार्ताले नेपालको वैकल्पिक राजनीतिमा नयाँ ध्रुवीकरण हुने वा दुई फरक धारमा अघि बढ्ने भन्ने टुंगो लगाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४