Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेटर थापाको बाइक दुर्घटनामा मृत्यु, पारस खड्काद्वारा श्रद्धाञ्जली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १० २०८२
  • 5K
    SHARES

विराटनगर। कोशी प्रदेशका प्रभावशाली क्रिकेटर मिनष थापाको असामयिक निधन भएको छ। बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार, बिहीबार बिहान करिब पौने १ बजे, विराटनगर-४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरी अनुमान छ।

प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार, दुर्घटनापछि गम्भीर अवस्थामा रहेका थापालाई कोशी अस्पताल पुर्‍याइयो। तर, अस्पताल पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

कोशी प्रदेशको टोलीबाट नियमित राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएका थापाको निधनले नेपाली क्रिकेट जगतमा शोक फैलाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पूर्व कप्तान पारस खड्काले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्:

“अत्यन्तै दुःखद खबर। कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनष थापाको दुर्घटनामा असामयिक निधनले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ।”

#NepalCricket #CricketNepal #RIP #MinashThapa #ParasKhadka #NepaliCricket #KoshiProvince #BikeAccident #SadNews #Tribute #NepalNews #BreakingNews #JanaPraharTV #JanaAawaajTV

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४