काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनले उनलाई नभई देशलाई न्याय गर्ने बताएका छन् ।
आज चितवनवासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘चितवनको चौबीसकोठीले हाम्रो लागि इतिहास बोकेको छ। चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ। मलाई अन्याय पर्दा तपाईँहरूले साथ दिनुभएको छ।’
रिहा भएको भोलिपल्टै भरतपुरको चौबीसकोठीमा पुगेर नेपालको झन्डा फहराउँदै उनले यस विशेष सम्बोधन गरेका हुन् ।
सम्बोधन लगत्तै उनी जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई भेट्न काठमाडौँ आउँदै छन् ।