Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले ११औं महाधिवेशन : पदाधिकारीमा क-कसको छ दाबी ? (नामसहित)


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २८ २०८२
  • 5.4K
    SHARES

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन आज (शनिबार) देखि सुरु हुँदैछ। लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर हुन नदिने स्पष्ट अडानसहित आयोजना भइरहेको यो महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।

महाधिवेशनको उद्घाटन सभा भक्तपुरको सल्लाघारीस्थित तीनकुने चौरमा आयोजना हुँदैछ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा आमन्त्रित अतिथिहरूको उल्लेख्य सहभागिता रहने एमालेले जनाएको छ।

शुक्रबार बसेको एमाले सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यस राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी यथावत् रहने निर्णय गरेको छ। साथै, महाधिवेशनको बन्दसत्रमा यसपटक फरक अभ्यास अपनाइने भएको छ। हाल कायम सम्पूर्ण १९ सदस्यीय सचिवालय नै अध्यक्षमण्डलका रूपमा रहने निर्णय गरिएको हो।

पदाधिकारीमा तीव्र प्रतिस्पर्धा

एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षदेखि सचिवसम्मका पदमा करिब दुई सयभन्दा बढी नेताहरू आकांक्षी देखिएका छन्। पदाधिकारीका १५ पदका लागि देखिएको यो भीडले नेतृत्व चयन थप रोचक र प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ।

अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलको नाम चर्चामा छ। प्रदेशगत रूपमा विभिन्न नेताहरूले पदाधिकारीमा दाबी प्रस्तुत गरेका छन्।

कोसी प्रदेशबाट गुरू बराल, योगेश भट्टराई, भीम आचार्य, लालबाबु पण्डित, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाललगायत नेताहरू चर्चामा छन्। मधेस प्रदेशबाट रघुवीर महासेठ, लीला श्रेष्ठ, सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल र जुलीकुमारी महतो आकांक्षीका रूपमा देखिएका छन्।

बागमती प्रदेशबाट अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु रिमाल, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, महेश बस्नेतलगायत नेताहरू दाबीमा छन्। लुम्बिनी प्रदेशबाट युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्ट अग्रपंक्तिमा छन्।

गण्डकी प्रदेशबाट पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, खगराज अधिकारीलगायत नेताहरू प्रतिस्पर्धामा छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशबाट पनि प्रभावशाली नेताहरू पदाधिकारीमा दाबी गर्दै आएका छन्।

नयाँ अनुहारको प्रवेश सम्भावना

यस महाधिवेशनमा केन्द्रीय कमिटीमा नयाँ अनुहारलाई समेत अवसर दिने तयारी गरिएको एमाले नेताहरूले बताएका छन्। उद्योगी–व्यवसायी, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति तथा विभिन्न पेशागत क्षेत्रबाट नयाँ नेतृत्व उदाउने सम्भावना रहेको छ।

एमाले नेतृत्वले यो महाधिवेशनबाट संगठनलाई थप सुदृढ बनाउने, आगामी निर्वाचनका लागि स्पष्ट राजनीतिक दिशा तय गर्ने र पार्टीलाई थप एकताबद्ध बनाउने लक्ष्य लिएको जनाएको छ। महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्व र निर्णयहरूले राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४