Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा अवैध संरचना हटाउन ७ दिने अल्टिमेटम: अटेर गरे महानगर आफैं एक्सनमा उत्रिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १५ २०८२
  • 722
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले राजधानीभित्रका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने कडा अल्टिमेटम जारी गरेको छ । 

गत असोज २ गते बसेको संयुक्त बैठकले मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेपछि आज महानगरले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सम्बन्धित व्यक्ति र निकायलाई स्वेच्छाले ती संरचना खाली गर्न वा हटाउन आग्रह गरेको छ । तोकिएको समयभित्र अटेर गरेमा महानगर आफैं कारबाहीमा उत्रिने चेतावनीसमेत दिइएको छ ।

महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका यस्ता सार्वजनिक स्थलमा अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै सूचनामार्फत जानकारी गराइन्छ ।’

यो कदमले काठमाडौंको सहरी सौन्दर्य र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। विशेषगरी सडक पेटी, सार्वजनिक जग्गा र नदी किनारमा बनेका अनधिकृत संरचनाहरू यस कारबाहीको मुख्य निसानामा पर्नेछन् । महानगरपालिकाले यसअघि पनि यस्ता प्रयासहरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । तर यसपटक उपत्यका विकास प्राधिकरणसँगको सहकार्यले कारबाही अझ सशक्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४