Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्त, सतर्क रहन आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । बिहीबार बिहानैदेखि देशभर भइरहेको अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ । विशेषगरी काठमाडौं उपत्यकामा बुधबार रातिदेखि नै निरन्तर वर्षा भइरहेकाले दैनिक कामकाजमा ठूलो असर परेको छ । कार्यालय तथा अन्य अत्यावश्यक काममा निस्कनेहरूले सास्ती भोगिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, देशमा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रत्यक्ष प्रभाव परेको छ । यसका साथै पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले पनि मौसममा बदली आएको हो । यसको फलस्वरूप देशभर बदली र वर्षाको क्रम जारी रहेको छ ।

आजको मौसम पूर्वानुमान: आज दिउँसो कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि पूर्ण बदली रहनेछ भने तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र वागमती प्रदेशका अधिकांश स्थानहरूमा साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

रातिको मौसम पूर्वानुमान: आज राति कोशी, मधेस, वागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली रही तराईका भू–भागमा सामान्य बदली रहनेछ । कोशी, मधेस र वागमती प्रदेशका अधिकांश स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ

विशेषगरी कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपात र कोशी, मधेस, वागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ । यस मौसमी प्रणालीले आगामी केही दिनसम्म जनजीवनमा असर पुऱ्याउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सम्बन्धित निकाय र नागरिकहरूलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४