Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलन छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ५ २०८२
  • 7.1K
    SHARES

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको गम्भीरतापूर्वक छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ । आन्दोलनका क्रममा राज्य पक्षबाट भएका सम्भावित कमजोरी र दोषीमाथि गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने उद्देश्यले आयोग गठनको तयारी गरिएको हो ।

गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार, अब बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकले आयोग गठनबारे निर्णय गर्नेछ । मन्त्रालयमा विज्ञहरूको रोस्टर तयार गरी आयोगको क्षेत्राधिकार (टीओआर) समेत टुंगो लागिसकेको छ । विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले आयोगको नेतृत्व गर्ने प्रबल सम्भावना छ । आयोग तीन सदस्यीय रहनेछ, जसका सदस्यहरूको नाम पनि लगभग टुंगो लागिसकेको छ ।

जेनजी आन्दोलनपछि नेपाली सेनाको सहजीकरणमा जेनजी समूहसँग भएको छलफल र त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले नै जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४