Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोटेश्वरको भाटभटेनीमा डढेको अवस्थामा शव फेला, मृतकको संख्या ७४ पुग्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा थप एक शव फेला परेको छ । यससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार बुधबार डढेको अवस्थामा एक शव फेला परेको हो ।

‘शव पूरै जलेको अवस्थामा भेटिएकाले तत्कालै पहिचान गर्न सकिएको छैन,’ उनले भने ।

यसअघि पनि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट डढेको अवस्थामा ७ वटा शव फेला परेका थिए ।

ती सबै अस्थिपञ्जरको रूपमा भेटिएका शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ । ती शवहरूको समेत अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

जेनजी आन्दोलनका क्रममा हालसम्म ७४ जनाले ज्यान गुमाइसकेका छन् । मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४