Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंहदरबारभित्रका महत्वपूर्ण मन्त्रालय सार्ने तयारी, शिक्षा मन्त्रालय केशरमहलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २८ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । भदौ २३ गतेबाट सुरु भएको जेन-जी युवाको आन्दोलनले सिंहदरबारभित्रका कयौँ सरकारी भवनहरूमा पुर्‍याएको क्षतिका कारण शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई तत्कालका लागि अन्यत्रै सार्ने तयारी गरिएको छ । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले विशेषगरी शिक्षा मन्त्रालय र अन्य केही भवनहरूमा ठूलो क्षति पुगेको छ ।

शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार, सिंहदरबारभित्रको हालको भवन काम गर्न योग्य नभएपछि तत्कालका लागि मन्त्रालयलाई लैनचौरस्थित केशरमहलमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनमा सार्ने तयारी गरिएको छ । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘सिंहदरबारको भवन मर्मत नहुन्जेल लैनचौरको केशरमहल क्षेत्रमा रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयको भवनबाट काम गर्ने गरी व्यवस्थापन गर्ने सोचमा छौँ ।’

यद्यपि, केशरमहलमा रहेको भवनमा शिक्षा मन्त्रालयका लागि पर्याप्त स्थान नभएको गुनासो पनि छ । त्यसैले, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई अन्यत्र सारेर भए पनि शिक्षा मन्त्रालयलाई त्यहाँ राख्ने तयारी भइरहेको बुझिएको छ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा सिंहदरबारको मुख्य भवनसहित शिक्षा मन्त्रालय, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत र काठमाडौं जिल्ला अदालत लगायतका महत्वपूर्ण संरचनाहरूमा तोडफोड र आगजनी भएको थियो । शिक्षा मन्त्रालयका कतिपय कोठाहरू र काठका भर्‍याङहरू समेत जलेका छन् । आज शनिबार मन्त्रालयको भवनमा सरसफाइको काम भइरहेको छ ।

आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई पनि नयाँ ठाउँमा सार्ने तयारी गरिएको छ । सुरुमा परराष्ट्र मन्त्रालयलाई सार्ने तयारी गरिए पनि, प्राथमिकताका आधारमा गृह मन्त्रालयलाई उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको पुरानो सामान्य प्रशासन मन्त्रालयको टावरयुक्त भवनमा तत्काल व्यवस्थापन गर्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४