Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, महत्त्वपूर्ण विधेयकहरू पनि कार्यसूचीमा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ४ २०८२
  • 4.7K
    SHARES

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने र दुईवटा महत्त्वपूर्ण विधेयकहरूलाई संसदीय प्रक्रियामा अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिनेछन् ।

त्यसैगरी, आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले दुईवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । मन्त्री साहले पहिलो प्रस्तावका रूपमा ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भनी सदनसमक्ष प्रस्तुत गर्नेछन् ।

यसका साथै, उहाँले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने अर्को प्रस्ताव पनि पेस गर्नेछन् । यी दुवै विधेयकहरू सामाजिक सुधार र न्यायका दृष्टिले महत्त्वपूर्ण मानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४