Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टप एन्ड टी-२० सिरिज: पहिलो जितको खोजीमा नेपाल, आज होबार्ट हरिकेन्ससँग प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र ३ २०८२
  • 4.8K
    SHARES

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा लगातार तीन हार बेहोरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज आफ्नो चौथो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रँदैछ । नेपालले आज बिग ब्यास लिगको अनुभवी टोली होबार्ट हरिकेन्सको सामना गर्नेछ ।

डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ बन्नेछ भने हरिकेन्सको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन् ।

प्रतियोगितामा नेपालको सुरुवात सुखद रहन सकेको छैन । हालसम्म खेलेका तीनवटै खेलमा पराजित भएको नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रन तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । लगातारको हारले टोलीको मनोबलमा असर गरे पनि आजको खेलबाट पुनरागमन गर्ने दबाबमा नेपाल छ ।

नेपालको प्रतिद्वन्द्वी होबार्टको प्रदर्शन पनि मिश्रित रहेको छ । ३ खेल खेलेको होबार्टले १ खेलमा जित निकालेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा एसीटीलाई हराएको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग पराजित भएको थियो ।

११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । हाल अंकविहीन रहँदै पुछारबाट दोस्रो स्थानमा रहेको नेपाललाई सेमिफाइनलको झिनो आशा जीवित राख्न पनि आजको खेल जित्नै पर्ने दबाब छ । यो खेलपछि नेपालले बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४