Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मनसुन फेरि सक्रिय : आज यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २५ २०८२
  • 4.6K
    SHARES

काठमाडौं । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिकै सक्रिय रहँदा देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी कोशी, बागमती र मधेस प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको प्रभावले आज दिनभर देशभरको मौसम सामान्यतया बदली रहनेछ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यो क्रम राति पनि जारी रहनेछ । राति मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति भारी वर्षाको सम्भावना कोशी र बागमतीका पहाडी भूभागका साथै मधेस प्रदेशका एक–दुई स्थानमा समेत रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । भारी वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र सडक तथा हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्नेतर्फ सचेत रहन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४