Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका अधिकांश भाग जलमग्न, मधेश भने अझै प्यासी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन १३ २०८२
  • 1.6K
    SHARES

काठमाडौं । बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर मनसुन सक्रिय बन्दा अधिकांश भू-भाग जलमग्न भएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षाको प्रभाव देखिएको छ, तर वर्षाको वितरण भने असमान रहेको छ। एकातिर पहाडी जिल्लाहरूमा मुसलधारे वर्षा भइरहेको छ भने अर्कोतिर सुक्खा र खडेरीको मार खेपिरहेको मधेश प्रदेशमा अझै पनि आकाश खुलेर बर्सन सकेको छैन।

मौसमविद् डेभिड ढकालका अनुसार मनसुनको न्यूनचापीय रेखा आफ्नो औसत स्थानमा भए पनि बंगालको खाडीबाट आएको प्रशस्त जलवाष्पका कारण नेपालमा भारी वर्षा भइरहेको हो। पछिल्लो १२ घण्टाको तथ्यांक हेर्दा मधेश र सुदूरपश्चिमका केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा भएको छ भने बाँकी प्रदेशका अधिकांश स्थानमा निरन्तर वर्षा जारी छ।

सिन्धुपाल्चोकमा सर्वाधिक वर्षा

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार, गत १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको नुर्पु गाउँमा रेकर्ड गरिएको छ। त्यहाँ १२३.४ मिलिमिटर वर्षा मापन भएको छ, जसले त्यस क्षेत्रको खोलानालामा पानीको बहाव बढाएको छ।

आइतबार रातिदेखि काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा पनि अविरल वर्षा भइरहेको छ। नुवाकोटको पानसय खोला वर्षा मापन केन्द्रमा ८५.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। काठमाडौंको पानीपोखरीमा ६५ मिलिमिटर, कपनमा ३६, र सुन्दरीजलमा ३० मिलिमिटर वर्षा भएको छ। त्यसैगरी, ललितपुरको टिकाथलीमा १८ मिलिमिटर र भक्तपुरमा १८ मिलिमिटर वर्षा मापन गरिएको छ, जसका कारण उपत्यकाको जनजीवन प्रभावित बनेको छ।

मधेशमा हल्का वर्षा

देशका अन्य भागमा भारी वर्षा भइरहँदा, खडेरीको चपेटामा परेको मधेश प्रदेशका किसानहरू भने अझै आकाशतिर हेरिरहेका छन्। पछिल्लो १२ घण्टामा सप्तरीको रुपनीमा मध्यम वर्षा भए पनि सिरहा, सर्लाही, बारा र रौतहट जस्ता जिल्लामा हल्का वर्षा मात्रै भएको छ।

मौसमविद्हरूले आगामी दिनमा मधेशमा वर्षाको मात्रा बढेर मध्यम स्तरसम्म पुग्नसक्ने अनुमान गरे पनि धान रोपाइँका लागि त्यो पानी पर्याप्त नहुने बताएका छन्। यसले यस वर्ष मधेशमा धान उत्पादनमा कमी आउन सक्ने चिन्ता बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४