Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ३ २०८२
  • 1.8K
    SHARES

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत दोहोरो प्रभावले मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपत्तिबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ र बागमती, गण्डकी, लुम्बिनीलगायत प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानमा रहनुका साथै उत्तर प्रदेशमाथिको न्यूनचापीय प्रणालीले नेपालको मौसमलाई थप प्रभावित पारेको हो ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ। तराईका थोरै स्थानमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाकै सम्भावना रहेको छ । यसैगरी, देशका उच्चपहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति पनि मौसममा सुधारको संकेत छैन । देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका केही स्थान, मधेस प्रदेश र देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ ।

भारी वर्षाको पूर्वानुमान गरिएका चार प्रदेशका नदीनालामा पानीको बहाव बढ्ने, भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहने महाशाखाले जनाएको छ । सहरी क्षेत्रमा पनि डुबानको खतरा रहेकाले नदी किनार तथा जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा रहन सम्बन्धित निकायले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४