Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एन्फा कार्यसमिति बैठक बोलाउन ११ सदस्यको माग


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २२ २०८३
  • 247
    SHARES

काठमाडौं । फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक बोलाउन माग गरिएको छ।

एन्फाको विधानको धारा ३१ को उपधारा २ अनुसार एक तिहाइ वा सोभन्दा बढी कार्यसमिति सदस्यले लिखित रूपमा माग गरेमा बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ११ जना कार्यसमिति सदस्यले बैठक आह्वानको माग गरेका हुन्।

बैठकका लागि पाँचवटा एजेन्डा प्रस्ताव गरिएको छ। एन्फाको वर्तमान अवस्था र त्यसको निकासका लागि खेलकुदका नियामक निकायसँग आवश्यक पहल तथा समन्वय गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा राखिएको छ।

त्यस्तै, एन्फाको निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न पनि बैठक बोलाउन माग गरिएको छ।

बैठक माग गर्नेमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षहरू विराटजंग शाही, दीपक खतिवडा र दीर्घबहादुर केसी तथा सदस्यहरू महेन्द्र क्षेत्री, मनिष जोशी, पेमा डोल्मा लामा, रवीन्द्र चन्द, रुपेश अधिकारी, टिकाराम लामा र भरतबहादुर बुढथापा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४