Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २१ २०८३
  • 380
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता उदयशमशेर जबराले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। उहाँले मंगलबार राष्ट्रिय सभा गृह पुगेर खुलातर्फको महामन्त्री पदमा आफ्नो मनोनयन दर्ता गराउनुभएको हो।

मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै जबराले नेपाली कांग्रेसलाई थप सुदृढ र प्रभावकारी बनाउन आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो। उहाँले पार्टी नेतृत्वले अब भाषण र अभिव्यक्तिमा मात्र सीमित नभई परिणाममुखी काम अर्थात् ‘डेलिभरी’ मा जोड दिनुपर्ने धारणा राख्नुभयो।

जबराले आफूले पार्टीमा यसअघि पाएका विभिन्न जिम्मेवारीलाई जिम्मेवारीपूर्वक पूरा गर्दै आएको दाबी गर्नुभयो। उहाँले तरुण दलमा रहँदा तथा हाल सहमहामन्त्रीको जिम्मेवारीमा रहँदा पनि आफूले पार्टीका लागि काम गरेको उल्लेख गर्नुभयो।

उहाँले नेतृत्वको जिम्मेवारी केवल बोलेर वा भाषण गरेर पूरा नहुने बताउँदै पार्टी संगठनलाई प्रभावकारी बनाउन कामबाट परिणाम देखाउनुपर्नेमा जोड दिनुभयो।

जबराले भन्नुभयो, ‘अब नेतृत्वको जिम्मेवारी बोलेर र भाषण गरेर मात्र पूरा हुँदैन।’ उहाँले आफूले पार्टीका विभिन्न तहमा पाएको जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै आगामी दिनमा महामन्त्रीको जिम्मेवारी पाए त्यसलाई पनि परिणाममुखी ढङ्गले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्रीको सङ्ख्या दुईबाट बढाएर तीन पुर्‍याइएको छ। नयाँ व्यवस्थाअनुसार दुई जना खुला र एक जना महिला महामन्त्री निर्वाचित हुनेछन्।

खुला महामन्त्रीका दुई पदका लागि विभिन्न नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्। यससँगै महामन्त्री पदमा प्रतिस्पर्धा थप रोचक बनेको छ। महिला महामन्त्रीतर्फ पनि छुट्टै प्रतिस्पर्धा हुने व्यवस्था गरिएको छ।

जबराको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया थप सक्रिय बनेको छ। उम्मेदवारी दर्तापछि दाबीविरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचनका अन्य प्रक्रिया अघि बढ्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४